दार्चुला – अपीहिमाल गाउँपालिकामा लाग्ने लामो जात्रा बिरे जातका लागि ३ दिन सार्वजनिक बिदा दिइएको छ । अपीहिमाल गाउँपालिका–३ मा लाग्ने सुर्मा भवानी ‘बिरे जात’ को अवसरमा गाउँपालिकाभरि तीन दिन सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

अपिहिमालको क्षेत्ती, घाँजिरदेखि बझाङको सुर्मासरोवरसम्म लाग्ने सुर्मा भवानीको ‘बिरे जात’को अवसरमा गाँपालिकामातहतका सम्पूर्ण कार्यालयहरूमा बुधबार, बिहिबार र शुक्रबार तीन दिन सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर रावलले बताए ।

जिल्लाकै सबैभन्दा ठूलो जात्राका रूपमा मनाइने सुर्माभवानीको जात्रा साउन १८ गतेबाट सुरु भएको हो ।

















