खाेज्नुहाेस

पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

Image

बैतडी– पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । निरन्तर वर्षापछि खसेको पहिरोका कारण बैतडीको सिगास गाउँपालिका –९ स्थित रमिलापूर नजिक जयपृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

navjiwan hospital

मंगलबारराति करिब १ बजेतिर सडक माथिबाट ठुलो पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको बताईएको छ । राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र बाहिरिने सवारी साधन बिच बाटोमै रोकिएका छन । पहिरोका कारण अवरुद्ध बनेको बाटो खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताए । पहिरो पन्छाउन जेसिबी उपकरण पठाउने समन्वय भइरहेको उनले बताए ।

attariya hospital

बारम्बारको वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा यात्रुहरू सास्ती भोग्दै आएका छन । वर्षायाम सुरु भएसँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम बढ्दै जादा बेला बेलामा समस्या हुने गरेको यात्रुहरुको गुनासो छ ।