खाेज्नुहाेस

बैतडीकी भागरथी तीन दिनदेखि बेपत्ता

Image

बैतडी– बैतडीकी भागरथी साउँद ३ दिनदेखी बेपत्ता भएकी छिन । जिल्लाको सिगास गाउँपालिका–४ सिराडीकी २७ वर्षीया भागरथी यही साउन १५ गतेदेखी बेपत्ता भएकी हुन ।

navjiwan hospital

साउन १५ गते राति नगद र लत्ताकपडासहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा नआएको भागरथीका भतिजा चन्द्रसिँह साउँदले जानकारी दिए ।

attariya hospital

भागरथीका श्रीमान रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन् । भागरथीको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । सिगासकै वडा न.४ रक्सौन माइतीघर भएकी भागरथी माइतमा पनि नरहेको बताइएको छ । भागरथीको घरमा तिन छोरी र एक छोरा रहेका छन् ।