बैतडी– बैतडीमा विद्युतको पोलबाट करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका– ३ गिरीबगरका १३ वर्षिय किरण कोलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार शनिबार दिउँसो स्थानीय डिन्नीगाड खोलमा बालुवा संकलन गरिरहेका किरण नजिकै रहेको बिद्युतको पोलमा छोइदा गम्भीर घाइते भएका थिए ।

घाइते किरणलाइ उपचारको लागी गोकुलेश्वर अस्पताल पु-याएपछि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको पाण्डेयले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।


















