बैतडी – वर्षाका कारण सडकमा खसेको पहिरो पन्छाउन माग गर्दै बैतडीको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ । पुर्चौंडी नगरपालिका–१० विजयपुरदेखि दोगडाकेदार हुँदै जिल्ला सदरमुकाम जोड्ने प्रमुख सडकखण्डको पहिरो पन्छाउन माग गर्दै पुर्चौंडी नगरपालिका–१० को वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।
उक्त सडकखण्डको भङाड बस्तीमा पहिरो खस्दा छवटा घर जोखिममा छन् । बितेका १३ दिनसम्म पनि पहिरो पन्छाउने प्रयास नभएकाले आफूहरू ताला लगाउन बाध्य भएको स्थानीय अम्मर महराले बताए ।


वडाअध्यक्ष हिक्मतबहादुर विष्टले भने मशिन बिग्रेका कारण पहिरो पन्छाउन विलम्ब भएको बताएका छन ।
* Update : बैतडीमा पहिरो पन्छाउने सहमती पछि वडा कार्यालयको ताला खुल्यो

















