बैतडी– बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार (आज) शोक बिदा दिएको छ । गाउँपालिकाको वडा नं ५ स्थित कुस्मावती आधारभूत विद्यालय नगराउँमा कार्यरत बालविकास सहजकर्ता पशुपति बोहराको निधन भएकाले गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको हो ।

गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै बोहराको निधनमा गाउँपालिका मातहतका सबै सरकारी कार्यालयहरुमा शोक बिदा दिईएको बताएको छ ।

शोक वक्तव्यमा गाउँपालिका मातहतका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायतका सरकारी कार्यालयहरुमा शोक बिदा रहने बताईएको छ । मुटु सम्बन्धी समस्याबाट पीडित बोहराको उपचारकै क्रममा शुक्रबार बिहान ९ बजे काठमाण्डौं मेडिकल कलेजमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

















