खाेज्नुहाेस

दार्चुलासँग जोडिएका सीमा नाका ७२ घण्टाका लागि बन्द

Image

दार्चुला – भारतको उत्तराखण्ड राज्यमा हुने पञ्चायत निर्वाचनलाई मध्यनजर गरी दार्चुलासँग जोडिएका नाका ७२ घण्टाका लागि बन्द गरिएका छन् । मंगलबार बिहानैबाट साउन ८ गते निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्म भारतसँग सीमा जोडिएका सबै नाकाहरू बन्द भएको जिल्ला प्रशासनले जनाएको छ ।

navjiwan hospital

जिल्ला प्रशासन कार्यालयका अनुसार भारतको उत्तराखण्ड प्रदेशमा आगामी साउन ८ र १२ गते दुई चरणमा पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको निर्वाचन हुँदै छ ।

attariya hospital

सोही निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै दुवै देशका स्थानीय प्रशासनको समन्वयमा दार्चुलाका सीमा नाकाहरु ७२ घण्टाका लागि बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

भारतको उत्तराखण्डमा जुलाई २४ मा ग्राम पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको लागी मतदान हुने छ । भारतसँग दार्चुलाका लाली, बाकु, जौलजिवि, दत्तु, खलंगा पुलघाट, बडूगाउँ, तिग्रम, मल्घट्टे, मालघाट र सितापुल नाका जोडिएका छन् ।