
दार्चुला– दार्चुलास्थित महाकाली नदीको बिचमा फसेका एक पुरुषको उद्धार गरिएको छ । बिहिबार जिल्लाको महाकाली नगरपालिका – ४ खलङ्गास्थित महाकाली नदीको बिचमा फसेका बाँकेको समशेरगञ्ज अमेलिया बस्ने ३५ वर्षीय बिक्रम के.सी.को उद्धार गरिएको हो ।
नदीको बिच भागमा फसेका उनको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले सकुशल उद्धार गरेको बताईएको छ । उद्धार गरिएका जोशीको मानसिक सन्तुलन ठिक नभएको जनाईएको छ ।
















