
दार्चुला – दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार महाकाली नगरपालिका–५ ठड्याकाठा घाँस काट्ने क्रममा भिरबाट लडेर ३५ वर्षीया मानमती बडूको घटनास्थलमै मृत्यु भएको हो ।
घर नजिकैको मेलामा घाँस काट्ने क्रममा चिप्लिएकी बडूको करिब डेढ सय मिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

















