दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–२, घट्टेखोलामा आएको बाढीले दुम्लिङ लघुजलविद्युत् आयोजनाको नहर बगाएको छ । मङ्गलबार राति भएको अविरल वर्षाले नहर बगाएको हो ।

लघुजलविद्युत् आयोजनाको नहर बगाउँदा तल्लो दुम्लिङ, बिचगाउँ, चौराकाठा र दुम्लिङ गोठानगाउँमा विद्युत् आपूर्ति बन्द भएको स्थानीय प्रभात बुढाथोकीले जानकारी दिए । बाढीले विद्युतको नहर र आसपासका घरमा क्षति भएको उनले बताए ।

आर्थिक वर्ष २०६१÷६२ मा गरिबी निवारण कार्यक्रमको आर्थिक सहयोग र राजाकोट युवा क्लबको प्राविधिक सहयोगमा निर्माण गरिएको दुम्लिङ लघुजलविद्युत् आयोजनाको नहरमा बाढीले क्षति पु¥याएको वडाध्यक्ष धीरनसिंह बुढाथोकीले पुष्टि गरे । नहर बगाएर विद्युत् आपूर्ति बन्द भएपछि चार गाउँका १०५ घरधुरीका मानिस अन्धकारमा बस्न बाध्य भएका छन ।

















