खाेज्नुहाेस

महालक्ष्मी बैंक पिपल्ला शाखाद्धारा देवी माविलाई जिन्सी सामग्री सहयोग

Image

डोटी– डोटीको पिपल्लामा रहेको महालक्ष्मी बिकास बैंक लिमिटेडको शाखा कार्यालयले एक विद्यालयलाई जिन्सी सामग्री सहयोग गरेको छ । शाखाले बिहिबार जिल्लाको दिपायल सिलगढी नगरपालिका– २ खातीवडामा रहेको देवी माध्यमिक विद्यालयलाई विभिन्न सामग्री सहयोग गरेको हो ।

शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत बिद्यालयलाई काठको दुई थान दराज, काठकै दुई थान टेबल र पाँच वटा कुर्सी सहयोग गरेको बताईएको छ । बिहीबार विद्यालय प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरि सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका – २ का अध्यक्ष राजेन्द्र खड्काले महालक्ष्मी बिकास बैंकको उक्त सहयोगप्रति आभार प्रकट गरे । ‘आजको सहयोगले हाम्रो विद्यालयमा अध्ययन गर्ने सीमान्तकृत र आर्थिक रूपले ओझेल परेको बिद्यालयलाई यो समाग्रीहरुले ठुलो राहत मिलेको छ’ उनले भने ‘शिक्षामा समान पहुँच पु¥याउने यस्ता कार्यक्रमले विद्यार्थीहरू र बिद्यालयहरुमा सकारात्मक प्रेरणा दिनेछ।’

बैंकका शाखा प्रमुख पदम राज जोशीले बैंक पनि समाजप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले सामाजिक उत्तरदायित्व अन्तरगत नै विद्यालयलाई सामग्री सहयोग गरिएको बताए । ‘महालक्ष्मी बैंक केवल वित्तीय कारोबारमा सीमित छैन, हामी समाजप्रति उत्तरदायी संस्था हौं’ उनले भने ‘त्यसै अनुसार शिक्षा, स्वास्थ्य, वातावरण तथा स्थानीय विकासमा योगदान पु-याउने अभियानमा सक्रिय रहदै यहाँसम्म पुगेका छौ ।’ उनले डोटी कार्यक्षेत्र पनि भएकाले यस्ता क्रियाकलापहरुले बैंकलाई पनि समाजप्रति उत्तरदायी बनाउने बताए ।

विद्यालयमा अध्ययनरत धेरैजसो विद्यार्थीहरू आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका कारण उनीहरूका लागि शैक्षिक सामग्री जुटाउन पनि कठिन भइरहेको अवस्थामा यस्ता सहयोग कार्यक्रमले बिद्यालयलाई थप उर्जा मिल्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर बोगटीले बताए ।
बिद्यालयका प्रधानाध्यापक सिद्धराज ओझाले यस्ता सहयोगले विद्यालय, बैंक र समाजबिचको सम्बन्ध बलियो बनाउने बताए । उनले यस्तो सहयोगले अन्य संघसंस्थालाई पनि सामाजिक उत्तरदायित्वमा अघि बढ्न प्रेरणा दिने बताए ।

महालक्ष्मी बिकास बैंक पिपल्लाले यसअघि पनि शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । बैंकले आगामी दिनमा पनि समाजका सीमान्तकृत वर्गहरूलाई लक्षित गर्दै सहयोगका कार्यक्रम सञ्चालन गर्ने बैंकका कर्मचारी लोकेन्द्र बलायरले बताए ।