खाेज्नुहाेस

सुदूरपश्चिमका ९६ प्रतिशत नागरिक साक्षर

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशका ९६.१९ प्रतिशत नागरिक साक्षर बनेका छन् । शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका १६ लाख ८८ हजार ३४ जना रहेकोमा १६ लाख २३ हजार ७९१ जना साक्षर भएका छन् । जिल्लागत रूपमा सबैभन्दा धेरै साक्षर प्रतिशत बाजुरामा रहेको छ । बाजुरामा १५ देखि ६० वर्ष उमेर समूहका ९४ हजार २०५ मध्ये ९१ हजार ६७१ अर्थात् ९७.३१ प्रतिशत साक्षर छन् । त्यस्तै डडेल्धुरामा ८९ हजार ८०८ मध्ये ८६ हजार ९३२ अर्थात् ९६.८ प्रतिशत, डोटीमा १ लाख ४४ हजार १३३ मध्ये १ लाख ३९ हजार १६१ अर्थात् ९६.५५ प्रतिशत, बैतडीमा ८० हजार ८०८ मध्ये ७८ हजार ४ अर्थात् ९६.५३ प्रतिशत, कञ्चनपुरमा ३ लाख ५० हजार ९८८ मध्ये ३ लाख ३७ हजार ४३७ अर्थात् ९६.२१ प्रतिशत साक्षर रहेको शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गा दत्त विष्टले बताए ।

यस्तै कैलालीमा ५ लाख ६० हजार ७७३  मध्ये ५ लाख ३९ हजार ६६२ अर्थात् ९६.२० प्रतिशत, बझाङमा १ लाख ३४ हजार ५६९ मध्ये १ लाख २८ हजार ६५० अर्थात् ९५.६० प्रतिशत, अछाममा १ लाख ६४ हजार २०५ मध्ये १ लाख ५६ हजार ८८२ अर्थात् ९५.५५ प्रतिशत र दार्चुलामा ६८ हजार ५४५ अर्थात् ६५ हजार ३९२ अर्थात् ९५.४० प्रतिशत साक्षर रहेका छन् ।

add everest academy
attariya hospital

साक्षर हुन १२ वटा मापदण्ड तोकिएका छन् । जसमा राष्ट्रभाषा वा मातृभाषाका वर्ण, अक्षरको पढाइ र लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मुल्यसूची र बिलको पढाई, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटर अङ्क र अक्षर चिनेर प्रयोग गर्न, ० देखि ९ सम्मका अङ्क अक्षर लेखाइ, १ देखि १०० सम्म गणना र लेनदेनका हरहिसाब राख्न सक्ने हुनुपर्छ । यस्तै सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढाई र बुझाई, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन, घडी हेरेर समय बताउन, भित्ते पात्रो हेरी तिथिमिति बताउन, बैंक भौचर भराई र चेक खिचाइ गर्न सक्ने हुनुपर्ने साक्षरता अभियान प्रदेश समन्वय समितिका सदस्य सचिव समेत रहेका विष्टले बताए ।

navjiwan hospital

उनले यी मापदण्ड अनुसार प्रदेशमा ९६.१९ प्रतिशत नागरिक साक्षर बनेकाले बिहीबार ‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा गरिएको बताए । उनले साक्षर प्रदेश घोषणा गर्न १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू साक्षर भइसकेको हुनुपर्ने मापदण्ड पुरा भएकाले प्रदेशलाई साक्षर घोषणा गरिएको बताए ।

सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बिहीबार प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विशेष समारोहमा प्रदेश साक्षर भएको घोषणा गरेका थिए । यसअघि सुदूरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषित भइसकेका थिए । साक्षर प्रदेश घोषणा कार्यक्रममा कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा, एमाले ससंदिय दलका नेता राजेन्द्र सिंह रावल, माओवादी केन्द्र ससंदिय दलका नेता खगराज भट्ट, राज्यमन्त्रीहरू प्रकाश बम, सरस्वती खड्का र निर्मला साउँद लगायतको उपस्थिति थियो ।

attariya technical collage

नेपालमा २०७६ देखि साक्षरता अभियान सञ्चालन गरिएपछि हालसम्म ४ प्रदेश मात्रै साक्षर घोषणा गरिएका छन् । यसअघि बागमती, गण्डकी र कोसी प्रदेश साक्षर घोषणा गरिएका थिए ।

Karma Consultancy