खाेज्नुहाेस

सुदूरपश्चिम ‘साक्षर प्रदेश’ घोषणा

Image

धनगढी – सुदूरपश्चिम प्रदेशलाई ‘साक्षर सुदूरपश्चिम प्रदेश’ को रूपमा औपचारिक घोषणा गरिएको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू साक्षर भइसकेको तथ्याङ्कका आधारमा बिहीबार साक्षर प्रदेश घोषणा गरिएको हो । मुख्यमन्त्री  कमल बहादुर शाहले विशेष समारोहमा प्रदेश साक्षर भएको घोषणा गरेका छन् ।

navjiwan hospital

सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा, ८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको जनाइएको छ । यसअघि सुदूरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषित भइसकेका थिए ।

add everest academy
attariya hospital

धनगढीमा आयोजित घोषणा कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा, एमाले ससंदिय दलका नेता राजेन्द्र सिंह रावल, माओवादी केन्द्र ससंदिय दलका नेता खगराज भट्ट, राज्यमन्त्रीहरू प्रकाश बम, सरस्वती खड्का र निर्मला साउँद लगायतको उपस्थिति थियो ।