खाेज्नुहाेस

डोटी जिप दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो, पाँच घाइते

Image

अत्तरिया – डोटीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ भने ५ जना घाईते भएका छन । जिल्लाको आदर्श गाउँपालिका –१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सो जिप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको हो ।

attariya hospital

दुर्घटनामा सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जिपचालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार कटुवाल गर्भवती रहेको खुलेको छ ।

navjiwan hospital

दुर्घटनामा परी आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीले जानकारी दिए । घाइते चारजनाको अवस्था गम्भीर छ भने एकजनाको अवस्था मध्यम रहेको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए ।

दिपायलबाट मौवातर्फ गइरहेको जिप सडक घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जिप सडकबाट करिब २५० मिटर तल खसेको छ ।

सम्बन्धीत समाचार

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते