खाेज्नुहाेस

दार्चुलामा ढुङ्गा लागेर प्रहरी जवानको मृत्यु

Image
सांकेतिक फोटो

दार्चुला – दार्चुलामा ढुङ्गा लागेर प्रहरी जवान दिपेन्द्र पालको मृत्यु भएको छ । मंगलबार दार्चुलाको निसिलस्थित थागिल भन्ने स्थानमा ढुङ्गा लागेर मृत्यु भएको हो ।

navjiwan hospital

केही दिनअघि मात्र बिदामा घर आएका पाल खर काट्ने क्रममा ढुङ्गा लागेर गम्भीर घाइते भएका थिए ।

add everest academy
attariya hospital

स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पु-याए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए । उनी काठमाडौं दरबन्दी भए पनि बैतडीमा कार्यरत रहेका थिए ।