खाेज्नुहाेस

दार्चुलामा नेपाल–भारत जोड्ने सीमा पुल बन्द

Image

दार्चुला – भारतीय पक्षले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय सीमा पुल बन्द गरेको छ । नेपाली पक्षलाई कुनै जानकारी नदिई सोमबार बिहान ११ बजेर ६ मिनेटदेखि दार्चुला सदरमुकामस्थित नेपाल–भारत जोड्ने सीमा पुल बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भारतपट्टि सीमा पुल बन्द भएको बताए । प्रशासनस्तरमा भएको अनौपचारिक कुराकानीमा भारतीय पक्षले बन्द नगर्ने बताएको थियो । तर स्थानीयको दबाब थेग्न नसकेर आफ्नोतिर भारतीय सुरक्षाकर्मीले पुल बन्द गरेको प्रजिअ पौडेलको भनाइ छ । नेपाली र भारतीय प्रशासनस्तरमा अन्तर्राष्ट्रिय सीमा बन्दबारे कुनै प्रकारको लिखित जानकारी नभएको अवस्थामा भारतीय पक्षले एकतर्फी रूपमा सीमा पुल बन्द गरेको उनले बताए ।

navjiwan hospital

गत जेठ २४ गते दार्चुला सदरमुकाम खलंगापारि धारचुला बजारमा कमलेश लानुको चक्कु प्रहार गरी हत्या गरिएको थियो । दोषीलाई अहिलेसम्म पक्राउ नगरेको भन्दै दबाबस्वरूप धारचुला बजार र अन्तर्राष्ट्रिय सीमा पुल बन्द गर्ने घोषणा गरिएको थियो ।

attariya hospital

शनिबार अनुवाल समुदायका अध्यक्ष गुमान सिंह विष्टको नेतृत्वमा विभिन्न संघसंस्थाले पिथौरागढ जिल्लाका उपजिल्लाधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाउँदै दबादस्वरुप धारचुला बजार र सीमा पुल बन्दको घोषणा गरेका थिए । घटनामा संलग्न ३ जनाविरुद्ध पीडित परिवारले एफआईआर दर्ताको निवेदन दिएको छ । घटनापश्चात् संलग्न व्यक्ति फरार रहेका छन् । उनीहरु नेपाल प्रवेश गरेको आशंका गरिएको छ ।