खाेज्नुहाेस

बेलडाँडीका विद्यालयमा पनि गर्मी बिदा 

Image

कञ्चनपुर – गर्मी बढेपछि कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले गर्मी बिदा दिएको छ । बेलडाँडीले मंगलबार सूचना जारी गर्दै तीन दिन गर्मीका कारण विद्यार्थी, शिक्षक, कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर  गर्दै बर्खे बिदाबाट मिलान हुने गरेर बिदा दिएको जनाएको छ ।

navjiwan hospital

बेलडाँडीले जेठ २८ देखि ३० गते सम्म पालिकामा  रहेका सरकारी तथा निजी विद्यालय, शिक्षण संघसंस्था बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

add everest academy
attariya hospital

झन्डै ३८ देखि ४२ डिग्रीसम्म तापक्रम बढेपछि बालबालिकाकोे स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै बिदा दिएको र बिदामा घरमै बसेर होमवर्क गर्नसमेत अनुरोध गरिएको छ । यसअघि बेलौरी नगरपालिकाले जेठ २७ र २८ का लागि गर्मी विदा दिने निर्णय गरेको छ ।