खाेज्नुहाेस

कृष्णपुरमा ७ दिने नेतृत्व तथा उद्घोषण तालिम सुरु

Image

अत्तरिया– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ७ दिने नेतृत्व तथा उद्घोषण तालिम सुरु भएको छ । नगरपालिकाको सहयोगमा नगरस्तरिय बाल सञ्जालले आयोजना गरेको तालिम बिहिबारबाट सुरु भएको हो ।

navjiwan hospital

तालिमको नगरप्रमुख हेमराज ओझाले एक औपचारीक कार्यक्रमका बिच समुद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले नगरपालिकाले बालबालिकाहरुलाई आफै स्वस्फुर्त रुपमा निर्णय गर्न सक्ने गरी काम गरिरहेको बताए । उनले आजको १० वर्ष पछि बालबालिकाहरुलाई समृद्ध भएको हेर्ने गरी नगरपालिकाले कार्यक्रम आयोजना गरेको समेत बताए । उनले बालबालिकाहरुको क्षमताको विकास गर्नका लागि नै उद्घोषण तालिमको आयोजना गरिएको बताए ।

attariya hospital

त्यतिमात्रै नभई नगरपालिकाले बालबालिकाहरुका लागि काम गर्न सकिने भन्दै बालकोषको निर्माण गरेको नगरप्रमुख ओझाले बताए । उनले सो कोषमा चालु आर्थिक वर्षमा पनि बजेट राखिएको र आगामी आर्थिक बर्षमा सोही कोषबाट कार्यक्रम गरिने बताए । उनले बालबालिकामा सकारात्मक सोचको विकास नगरी समुन्नत समाजको निर्माण नहुने भएकाले बालबालिकाहरुको हकअधिकारका विषयमा नगरपालिका सजग रहेको बताए ।

बालसञ्जालका अध्यक्ष धामीले विद्यालयस्तरमा रहेका बालबालिकाहरुलाई उद्घोषण कलामा अघि बढाउन तालिमको आयोजना गरिएको बताए । उनले नगरभित्रका २६ वटा माविस्तरिय विद्यालयका विद्यार्थीहरुलाई तालिम दिन लागिएको बताए । उनका अनुसार प्रत्येक विद्यालयबाट २ जना विद्यार्थी र २० जना बालसञ्जालका प्रतिनिधि गरी तालिममा ७२ जनाको सहभागीता रहेको छ । तालिममा सहभागीहरुलाई सुदूरपश्चिमका चर्चित उद्घोषकहरुले प्रशिक्षण दिने समेत उनले बताए । बिहिबार देखी सुरु भएको तालिम २१ गतेसम्म सञ्चालन हुनेछ । तालिमको प्रशिक्षकका रुपमा चर्चित प्रशिक्षकहरु डा.टि.एन जोशी, केपी कलौनी, प्रेरणा पाण्डेय र प्रेम बोगटी रहेका छन ।