अत्तरिया– सरकारले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि प्रोत्साहन कार्यक्रम लागु गर्ने बताएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को निति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले देशभरका एक सय विद्यालयहरुमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम लागु गरिने बताए ।
उनले प्रत्येक जिल्लाका कम्तीतमा एउटा विद्यालय गर्ने गरी सो कार्यक्रम लागु गरिने बताए । उनले उक्त विद्यालयहरुले अन्य विद्यालयको नतिजा सुधारका लागि सहयोग गर्ने व्यवस्था मिलाईने समेत बताए । जसका लागि प्रत्येक विद्यालयलाई २५ लाखका दरले अनुदान उपलब्ध गराईने उनले बताए ।


विद्यालयहरुको पुनः नक्सांकन गरिने
यसैबिच अर्थमन्त्री पौडेलले विद्यालयहरुले पुनः नक्सांकन गरिने समेत बताएका छन । शिक्षक र विद्यार्थीको संख्या तथा भौगोलिक दुरी र यातायात सुविधाका आधारमा विद्यालयको पुनः नक्सांकन गरिने उनले बताए ।
उनले नक्सांकनका आधारमा विद्यालय गाभ्ने निति लिईने समेत बताए । गाभिएका विद्यालयहरुका लागि प्रोत्साहन अनुदानको व्यवस्था गरिएको उनले बताए ।

















