खाेज्नुहाेस

किसानको दूध किन्ने डीडीसीमा ६ दिन देखि तालाबन्दी हुँदा पनि बेवास्ता

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा जेठ ८ गते तालाबन्दी गरिएको थियो । दैनिक करिब ६ हजार किसानको दूध सङ्कलन गर्ने डीडीसीको प्रशासन कार्यालयमा ६ दिन देखि तालाबन्दी हुँदा पनि खोल्ने विषयमा भने बेवास्ता गरिएको छ । तालाबन्दी खोल्न न अहिले सम्म डीडीसी कार्यालय प्रशासनले चासो दिएको छ, न आन्दोलनरत पक्ष टसमस भएका छन् ।

२०६७ सालमा अत्तरियामा स्थापना भएको डीडीसी धनगढी सार्ने सम्झौता भएको कुरा बाहिरिएपछि जेठ ८ गते स्थानीयले कार्यालय घेराउ गरेर तालाबन्दी गरेका थिए । उनीहरूले डीडीसीका लागि आवश्यक जग्गा अत्तरियामै उपलब्ध गराउनु पर्ने भन्दै धनगढी सार्न नहुने माग राख्दै आएका छन् ।

add everest academy
attariya hospital

पहिलो पटक डीडीसी सार्ने कुरा बाहिरिएपछि पुस १७ गते डीडीसी विस्तारका लागि आवश्यक जग्गा अत्तरियामै खोज्ने भन्दै गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको संयोजकत्वमा जग्गा खोज्ने कार्यदल गठन गरिएको थियो ।

उक्त कार्यदलले ३ ठाउँमा जग्गा खोजी गरेर प्रक्रिया अगाडि बढाएको बताए पनि डीडीसी सार्ने काम नरोकिएको भन्दै स्थानीयले जेठ ८ गते एक घण्टा डीडीसीका कार्यालय प्रमुख निरञ्जन भट्टराईलाई कार्यकक्षमै थुनेका थिए भने त्यसपछि कार्यालयमा तालाबन्दी गरिएको थियो ।

प्रशासनिक काममा अवरोध

attariya technical collage

डीडीसी अत्तरियाका कार्यालय प्रमुख निरञ्जन भट्टराइले तालाबन्दी पछि प्रशासनिक काम ठप्प भएको बताए । ‘प्रशासनिक काम पुरै अवरोध छ । दूध सङ्कलनको काम भने अहिले चलिरहेको छ’ उनले भने ‘अहिले सम्म प्रशासनमा तालाबन्दी हुँदा किसानलाई असर नपरेको भए पनि अब केही दिनमा असर पर्न सक्ने देखिएको छ । म कार्यालयमा नजाँदा बिक्रीमा समस्या भइरहेको छ । त्यसले समस्या आउन सक्छ ।’ उनले अहिले डीडीसीका उत्पादन बिक्री भए पनि त्यसको डे टु डे रेकर्डिङ गर्न र रसिद काट्न नपाइएको बताए ।

उनले ताला खुलाउने विषयमा कुनै छलफल नभएको बताए । ‘कार्यालय निषेध भएपछि म कार्यालय गएको छैन । कार्यालय प्रमुख निषेध  लेखिएको स्ट्याटस पनि मैले देखे । कार्यालयमा तालाबन्दी गरेपछि मेरो सेक्युरिटी के हुने ?’ उनले भने ‘केन्द्रले पनि मलाई कार्यालय निषेध छ भने नजानुस् भनेकाले म कार्यालय गएको छैन । म यतैबाट सम्पर्क समन्वयन गर्ने काम गरिरहेको छु ।’

उनले स्थानीय प्रशासन सँग सुरक्षाका लागि भने पनि ताला खोल्दा अर्को समस्या आउने भएकाले त्यसो नगरिएको बताए । उनले भने ‘कार्यालय जान ताला तोड्नुपर्ने कुरा आउला त्यसो गर्दा अर्को समस्या आउला । त्यसो अहिले नगरौँ भन्ने हो ।’

प्रवक्ता भन्छन् ‘हाकिम सम्पर्कमा आएनन्’ 

गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले तालाबन्दी पछि कार्यालय प्रमुख सम्पर्कमा नआएको बताए । उनले संवादका लागि डीडीसीको केन्द्रीय कार्यालय, मन्त्रालयलाई पत्र पठाएको भए पनि कुनै प्रतिक्रिया नआएको बताए । उनले भने ‘हाम्रो भनाई यहाँका हाकिम सम्पर्कमा आउनु प¥यो । डीडीसीका बारेमा उठाइएका मागका बारेमा प्रतिबद्धता आउनु प¥यो भन्ने हो ।’

navjiwan hospital

डीडीसी संरक्षण सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले डीडीसी यहाँबाट नसार्ने प्रतिबद्धता नआउँदा सम्म ताला नखोलिने बताए । उनले डीडीसीमा गरिएको तालाबन्दीका विषयमा बुधवार यस क्षेत्रका जनप्रतिनिधि सँग छलफल गरेर आगामी कार्यक्रम तय गर्ने बताए ।

जेठ महिनामा प्रकाशित सम्बन्धीत समाचार

अझै भेटिएन अत्तरियामा डीडीसीका लागि जग्गा

गुपचुप डीडीसी धनगढी सार्ने सम्झौता भएपछि लफाडा

अत्तरियामा रहेको डीडीसीका प्रमुखलाई स्थानियले १ घन्टा कार्यकक्षमै थुने

अत्तरियामा रहेको डीडीसीको कार्यालयमा तालाबन्दी

डीडीसीका लागि अत्तरियामा जग्गा खोज्ने प्रक्रिया चलिरहँदा भित्रभित्रै सार्ने सम्झौता 

डीडीसी अत्तरियामा तालाबन्दी यथावत्, आज कार्यालय प्रमुखलाई निषेध गरिने 

आज पनि खुलेन डीडीसीको तालाबन्दी, हाकिम कार्यालयमै आएनन

डीडीसीको आन्दोलन चर्किँदै, ४ दिन देखि तालाबन्दी हुँदा पनि सरोकारवाला मौन