खाेज्नुहाेस

दार्चुलामा जन्ती लगेर जादै गरेको कारमा आगलागी 

Image

दार्चुला– दार्चुलामा जन्ती लगेर जादै गरेको कारमा आगलागी भएको छ । शनिबार राती सुदूरपश्चिम प्रदेश ०३२३ च ७५६८ नम्बरको कारमा अकस्मात आगलागी भएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिका– ९ नकतड नजिकै गुडिरहेको अवस्थामा सो कारमा आगलागी भएको हो । बैतडीको पाटनबाट जन्ती लगेर दार्चुला सदुरमुकाम जादैँ गरेको अवस्थामा उक्त कारको इन्जिनमा अकस्मात आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक छत्र रावतले जानकारी दिए ।

attariya hospital

उक्त कारमा चालकसहित ६ जना सवार रहेकामा यात्रुहरु सबैले ढोकाबाट हाम फालेको र सबै सकुशल रहेको प्रहरी निरिक्षक रावतले बताए । घटना बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।