खाेज्नुहाेस

दयाहाङ र रिश्मा अभिनित ‘रिमै’ को रिलिज डेट घोषणा

Image

काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘रिमै’ को रिलिज डेट घोषणा गरिएको छ । सोमबार बुद्ध जयन्तीको अवसर पारेर तीन ओटा पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी भदौ २७ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

फिल्मको सार्वजनिक तीन पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ प्रस्तुत छन् । दोस्रो पोस्टरमा उनीहरुसँगै अभिनेत्री गौमाया गुरुङलाई पनि स्थान दिइएको छ । तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा र गौमायासहित सबैजसो मुख्य कलाकारहरु पोस्टरमा अटाइएका छन् ।

attariya hospital
navjiwan hospital

सार्वजनिक पोस्टरले गुरुङ संस्कार अनुसार पात्रहरुलाई प्रस्तुत गरिएको बुझ्न सकिन्छ । यी तीन पोस्टरले फिल्मप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको यो फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रुपमा रहेका छन् । यो फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।