खाेज्नुहाेस

दार्चुलामा प्रहरीद्वारा तीन सवारी चालक सम्मानित

Image

दार्चुला – दार्चुलामा ट्राफिक नियम पालन गरेका, दुर्घटना नगराएका र यात्रुलाई सम्मानजनक व्यवहार गर्ने तीज सवारी चालकलाई प्रहरीले सम्मानित गरेको छ ।

navjiwan hospital

इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जिप चालक तेजसिंह धामी, ट्याक्टर चालक नारायण राना र अटो चालक दिलीप विकलाई अबिर, खादा माला र प्रमाणपत्रसहित सम्मानित गरेको हो ।

attariya hospital

शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा गरिएको कार्यक्रममा इप्रका गोकुलेका इन्चार्ज एवं प्रहरी निरीक्षक किशोरसिंह ऐरीले ट्राफिक नियम पालना गरी सवारी दुर्घटना न्यूनीकरणमा सघाएको भन्दै सम्मानित गरिएको बताए ।

उनले दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले सम्मानित गरिएको बताउँदै आगामी दिनमा अरू चालकलाई पनि सम्मान गरिने बताए ।