खाेज्नुहाेस

कर्मथलो छोड्दा रोकिएनन् शिवराज सरका आँसु

Image

अत्तरिया – अझै धेरै अधुरा सपना, अझै धेरै काम गर्ने जोस हुँदा पनि ११ वर्ष प्रधानाध्यापक भएर हाँकेको विद्यालय छोडेर जाँदाको पीडा शिवराज सरको भावमा झलझली झल्किन्थ्यो । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा ११ वर्ष प्रधानाध्यापक रहेका शिवराज जोशी काम गर्ने हुँटहुँटी हुँदा पनि अनिवार्य अवकाश पाएर बिदाइ हुँदा निकै भावुक बने ।

बिदाइको मन्तव्य राख्दा तीन पटक आँसु थाम्न नसकेर बोल्न रोकिएका उनले आफ्नो कार्यकालमा विद्यालयलाई नमुना बनाएर देशकै टप १० मा पार्न सफल भए पनि धेरै गर्ने सपना अधुरो रहेको बताए । उनले विद्यालयमा प्रवेश गरेका दिनदेखि विद्यालयलाई देशकै १० नम्बर भित्र पु-याउनका लागि अहोरात्र खटिने सम्पूर्णलाई सहकर्मीलाई धन्यावाद ज्ञापन गरे ।

add everest academy
attariya hospital

‘मान्छेको जीवन केही न केही गर्नको लागि हुन्छ । जीवन रहुन्जेल केही ग¥यो भने त्यसले गरेका काम देखिन्छन् । यदि गर्न सकेन भने त्यसको जीवन निरर्थक रहन्छ’ उनले भने ‘यो अत्तरिया जस्तो स्थानमा यती सुन्दर भूमिमा यति राम्रा विद्यार्थी भाइबहिनीहरू, शिक्षकसाथीहरु, काम गर्न प्रेरणा दिने विद्यालय व्यवस्थापन समितिका साथीहरू हुँदा हुँदै पनि धेरै काम गर्न नसकेकोमा म आफू नै प्रायश्चित गरिरहेको छु । मेरा योजना, लक्ष्य, यो विद्यालयलाई अझै धेरै अगाडि पु-याउने पक्कै पनि हो । तर, मैले सकिन् । यसका लागि म यो विद्यालय सँग क्षमा माग्न चाहन्छु । समाज सँग क्षमा माग्न चाहन्छु ।’ उनले यती हुँदा पनि विद्यालयले केही पाइला चालेकाले यसले अझै गति लिने विश्वास व्यक्त गरे ।

navjiwan hospital

२०४६ साल देखि ग्वासी मावि, मालाखेतीबाट शिक्षण सेवा प्रारम्भ गरेका जोशी २०६० सालमा प्रधानाध्यापकमा पदोन्नति भएका थिए । त्यसपछि २०७१ सालदेखि दुर्गालक्ष्मी नमुना माविको प्रधानाध्यापक रहेका उनले अनिवार्य उमेर हदका कारण अवकाश लिएका हुन ।

आइतबार विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीहरूले उनको भव्य बिदाइ गरेको थियो । उनलाई एक कार्यक्रमका बिच शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले भव्य बिदाइ गरेका थिए ।
विद्यालयको हलमा भएको बिदाइ कार्यक्रममा उनलाई ११ वर्षे सफल कार्यकाल सम्पन्न गरेको भन्दै ११ किलोको मालाले अभिनन्दन गरिएको थियो । उनलाई शिक्षक, कर्मचारीले मायाको चिनोका रूपमा ल्यापटप दिएका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले उनको बिदाइ गर्दा कार्यक्रम स्थल निकै भावुक बनेको थियो ।

attariya technical collage

बिदाइ कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले शिवराज सरलाई दिल र दिमागमा राख्नेको सङ्ख्या धेरै भएको बताए । उनले शिवराज सरको कुशल नेतृत्वमा विद्यालय नमुना बन्न सफल भएको बताए । उनले विद्यालयबाट बिदाइ भए पनि अब गोदावरीको शिक्षाको नेतृत्व गर्ने अवसर आएमा शिवराज सरले अघि बढ्नुपर्ने बताए । विद्यालयका निमित्त प्रधानाध्यापक ललन प्रसाद चौवेले शिवराज सरको अधुरा सपना पुरा गर्न विद्यालय खटिने बताए । बिदाइ कार्यक्रम पछि उनलाई बाजागाजा सहित उनको गोदावरी नगरपालिका – ३ मालाखेतीमा रहेको घर सम्म बिदाइ गरिएको थियो ।

भिडियो