खाेज्नुहाेस

बैतडी कारागारका कैदीबन्दीहरुलाई पुस्तक वितरण 

Image

बैतडी– बैतडी कारागारमा रहेको कैदीबन्दीहरुलाई पुस्तक वितरण गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बैतडी शाखाले कारागारका कैदीबन्दीहरुलाई विभिन्न पुस्तकहरु वितरण गरेको हो ।

navjiwan hospital

कैदीबन्दीहरुलाई भागवत गीता, चारओटै वेदको नेपाली सारांश, चाणक्य नीति लगायतका धार्मिक ग्रन्थ, ज्ञानवद्र्धक उपन्यास र जिवनी समेटिएका पुस्तकहरु वितरण गरिएको नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरीदत्त बडुले बताए । दिवसको अवसरमा अभिव्यक्ति स्वतन्त्रताका बिषयमा अन्तरक्रियाको समेत आयोजना गरिएको उनले बताए ।

attariya hospital