
बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकाले आधारभुत तह कक्षा ५ र ८ को ग्रेड वृद्धि परीक्षा स्थगित गरेको छ । गाउँपालिकाले आईतबार सूचना जारी गर्दै यही वैशाख १२ गतेदेखी सुरु हुने भनिएको परीक्षा हाललाई स्थगित गरिएको जनाएको हो ।
‘शैक्षिक सत्र २०८१ को आधारभुत तह कक्षा ५ र ८ को यही वैशाख १२ गते हुने भनिएको ग्रेड वृद्धि परीक्षा शिक्षक महासंघको आन्दोलनका कारण अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ’ गाउँपालिकाद्धारा जारी सूचनामा भनिएको छ ।
