खाेज्नुहाेस

अन्ततः न्यायको खोजीमा भौँतारिरहेकी अत्तरियाकी जानदेवीले गुमाइन ज्यान

Image

अत्तरिया – आफूमाथि भएको अन्यायका विरुद्ध न्यायको खोजीमा भौँतारिरहेकी जानदेवी बुढाले अन्ततः आफ्नै ज्यान गुमाएकी छिन । कैलालीको गोदावरी नगरपालिका – १ अत्तरिया, विजयनगरमा बस्दै आएकी जानदेवीले आफू विरुद्ध भएको अन्यायका विरुद्ध न्याय खोज्दै गर्दा ज्यान गुमाएकी हुन् ।

बर्दियाको बासगढी नगरपालिका – ३ सल्यान टोलकी जानदेवीले डेढ वर्ष अघि अत्तरियाका कृष्ण बहादुर रावल सँग प्रेम विवाह गरेकी थिइन् । केही दिन सबै कुरा ठिकठाकै चलेको भए पनि पछि श्रीमानले बेवास्ता गर्ने, घरमा सासूले कुटपिट गर्ने, खान नदिने, शारीरिक मानसिक यातना दिएको भन्दै प्रहरी, माइती र आफन्त सँग हारगुहार गर्दै आएकी थिइन् ।

attariya hospital

केही महिना अघि इलाका प्रहरी कार्यालय मालाखेती पुगेकी उनलाई प्रहरीले श्रीमान्, घर परिवार र माइती पट्टि बसाएर मिलापत्र गराएको थियो । प्रहरीले मिलापत्र गराए पनि उनी माथिको अन्यायको शृङ्खला नरोकिएपछि बिहीबार राती (वैशाख ४ गते) ११ः३९ मा भाइ सुरजित बुढालाई ‘सबै जना लागेर कुटन लागेछन् गाली गरछन, पागल भन्छन्’ मेसिज पठाएर सधैँका लागि अस्ताएकी छिन ।

उनी शुक्रवार बिहान (वैशाख ५ गते) कोठामा राखिएको काठको सिडीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । जानदेवीका भाइ सुरजितले दिदीलाई घर परिवारले मर्न बाध्य पारेको बताए । उनले दिदीको शव सिडीमा झुन्डिएको भए पनि घुँडा भुईँमा टेकिएको चोटपटक लागेको अवस्थामा फेला परेको बताए ।

maya metro hospital
navjiwan hospital

शुक्रवार बिहान देखि शवको पहरा दिइरहेको प्रहरीले शनिवार बिहान (वैशाख ६ गते) माइती पुगेपछि मात्रै शव घटनास्थलबाट उठाएको छ । सुरजितले राती दिदीले मेसिज गरेको भए पनि बिहान मात्रै थाहा पाएको बताए । उनले दिदीले सबै ठाउँ भैतारिदा पनि न्याय नपाएको बताए ।

मृतकका काका नर बहादुर भण्डारीले पनि बिहीबार राती गालीगलौज कुटपिट गरिरहेको भनेर फोन मार्फत जानदेवीले भनेको बताए । उनले सधैँ यस्तै परिरहने भएकाले आफ्नो कोठामा सुरक्षित बस भोलि सम्झाउँछु भने पनि दोस्रो दिन फोन अफ आएको बताए । उनले बिहानै जानदेवीको फोन नलागेपछि सासूलाई फोन गर्दा कोठाभित्र छ ढोका खोलेको छैन भनेपछि आफूलाई शङ्का लागेर फोनबाटै प्रहरीलाई खबर गरेको बताए ।

Karma Consultancy

‘१०० नम्बरमा फोन गरे’ सुर्खेतमा बस्दै आएका उनले भने ‘१०० नम्बरमा गरेको फोन सुर्खेतमै लागेपछि वहाँबाट कैलालीको नम्बर मागेर प्रहरीलाई घरमा पठाए ।’ उनले प्रहरीलाई खबर गरेपछि मात्रै जानदेवी झुन्डिएको खबर पाएको बताए ।

मृतकका भाइ सुरजितले मृतकका श्रीमान् २४ वर्षीय कृष्ण रावल र सासू गुमा देवी रावलका विरुद्ध शनिवार आत्महत्या दुरुत्साहन मुद्दामा इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएपछि पोस्टमार्टम रिपोर्ट पछि थप खुल्ने बताए । उनले मृतकका श्रीमान् र सासूलाई नियन्त्रणमा लिएको बताए । उनले यसअघि घरेलु हिंसाको मुद्दामा मृतकले ठाडो निवेदन दिएकोमा परिवार सबै बसेर मिलापत्र गरेको बताए ।

मृतकका भाइ सुरजितले आफ्नो दिदीले न्यायको लागि गोदावरी नगरपालिकाको न्यायिक समितिमा पनि निवेदन दिएको बताए पनि न्यायिक समितिकी उपप्रमुखले भने त्यसबारेमा याद नभएको बताइन् । उनले शनिवार कार्यालय बन्द भएकाले आइतबार मात्रै हेरेर भन्न सक्ने बताइन ।

मृतक जानदेवी न्यायका लागि सहयोग गरिदिन महिला तथा बालबालिका सेभ हाउसमा पनि पुगेकी थिइन । सेभ हाउसकी अध्यक्ष जानकी मलासीले मेरो पक्षमा बोल्ने मान्छे नभएकाले बोलिदिन भनेर आग्रह गरेको बताइन । उनले भनीन ‘उनको आग्रह अनुसार म इलाका प्रहरी कार्यालयमा गएकी थिए । छलफलमा माइती पक्ष आउन ढिला भए पछि म आइहाले ।’