धनगढी – कैलालीमा बस र माइक्रो बस एकआपसमा ठाेक्किदा भएकाे दुर्घटनामा १० जना घाइते भएका छन् ।

घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा शुक्रबार साँझ सुपप्र०१-००१ ख ३१९७ बस र कर्णाली प्रदेश ०२-००१ ज ०६३९ नम्बरकाे माइक्रो बस एकआपसमा ठाेक्किएर दुर्घटना हुँदा १० जना घाइते भएका हुन ।

दुर्घटनामा माईक्रो बस चालक गोदावरी नगरपालिका-२ तेघरी बस्ने २३ वर्षीय भुवन बहादुर महरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ ।
अन्य ९ जना घाइतेकाे घाेडाघाेडी अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक गोदावरी नगरपालिका-१२ गेटा बस्ने ३६ वर्षीय जितु चौधरी फरार भएका छन् ।