धनगढी – कैलालीमा बैशाख १ गते नहरमा बगेर बेपत्ता बनेकी बालिका अझै फेला परेकी छैनन् । लम्कीचुहा नगरपालिका–३ बल्चौर बस्ने दीर्घ वादीकी ९ वर्षीया छोरी खुसी वादी अझै फेला नपरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कबीन्द्र बोहराले उनको खोजीकार्य जारी रहेको बताए ।

साथिहरु सँगै नहरमा नुहाउन गएकी शुसी साथीलाई बचाउन खोज्दा आफै डुबेर बेपत्ता भएकी थिइन । स्थानीयका अनुसार सो नहरमा हालसम्म १० जना बगेर ज्यान गएको छ ।
