बाजुरा –सुदूरपश्चिम विश्वविद्यालयको आंगिक बाजुरा क्याम्पसको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । सोमबार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले भवनको शिलान्यास गरेका हुन ।

सुदूरपश्चिम विश्वविद्यालयको लगानीमा निर्माण हुन लागेको चार तले भवनको लागत ४ करोड ७० लाख रहेको बाजुरा क्याम्पस प्रमुख रुपबहादुर रौलले बताए ।

भवन निर्माणको लागि बेतालमाडौं शिवम जेभी सँग ठेक्का सम्झौता गरिएको छ ।
