खाेज्नुहाेस

फोनिजको केन्द्रिय अध्यक्षमा लक्की र सुदूरपश्चिम इन्चार्जमा लखन निर्विरोध निर्वाचित

Image

धनगढी – नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज) को अध्यक्षमा लक्की चौधरी र सुदूरपश्चिम प्रदेश इन्चार्जमा लखन चौधरी निर्विरोध निर्वाचित भएका छन्।

navjiwan hospital

अध्यक्षसहितका केही पदाधिकारी निर्विरोध निर्वाचित भए पनि केही पदाधिकारीसहित खुला केन्द्रीय सदस्यमा भने निर्वाचन भएका थिए। रुपन्देहीको लुम्बिनीमा सम्पन्न संघीय अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना सिल्पकार, महासचिव समिर बलामी र अल्पसंख्यक सचिवमा लिला दरई सर्वसम्मत भएका छन्।

add everest academy
attariya hospital

त्यसैगरी खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्ष अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङ निर्वाचनमार्फत चुनिएका छन्। सचिवमा ८ जनाको प्रतिस्पर्धा भएको थियो। १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन भएको नवनिर्वाचित सचिव मिलन गाहाले जानकारी दिए।