खाेज्नुहाेस

कैलालीबाट लागूऔषधसहित ७ जना पक्राउ

Image

कैलाली – कैलालीबाट लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट १ ग्राम ८८० मिलिग्राम लागु औषधसहित कैलाली गोदावरी नगरपालिका–१० बस्ने २३ वर्षीय महेश बोगटी र गोदावरी नगरपालिका–२ बस्ने २१ वर्षीय अमिश सार्की ६७० मिलिग्राम लागु औषधसहित पक्राउ परेका छन् ।

navjiwan hospital

यस्तै, धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिकबाट २७० मिलिग्राम लागु औषधसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने २९ वर्षीय मनोज राना र २९ वर्षकै सोहन राना शनिबार पक्राउ परेका हुन् । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

add everest academy
attariya hospital

उता जानकी गाउँपालिका–३ स्थित सडक खण्डमा सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र २२ वर्षीय राकेश डगौरा थारु पक्राउ परेका छन् । कठरियाको साथबाट ९० मिलिग्राम लागु औषध फेला पारी दुवै जनालाई इलाका प्रहरी कर्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

यस्तै, गौरीगंगा नगरपालिका–३ कुचैनीबाट ३१० मिलिग्राम लागु औषधसहित सोही ठाउँ बस्ने एक जना किशोरलाई इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।