गोदावरीको स्टेट सेभन होटेलमा नयाँ वर्ष विशेष कार्यक्रम हुने

कैलाली –  गोदावरीमा नयाँ बर्षको स्वागत तथा पुरानो बर्ष को बिदाई संगै सांगीतिक  कार्यक्रमको तयारी पूरा भएको छ । होटेल स्टेट सेभेनको आयोजनामा चैत्र ३१ आइतबार राती न्यू इयर इभ बेस सांस्कृतिक कार्यक्रम आयोजना गरिन लागेको होटलका संचालक रुकुम भट्टले बताए ।

Karma Consultancy

उक्त कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको  प्रस्तुति रहने छ  । भट्टका अनुसार  कार्यक्रममा राष्ट्रिय  कलाकार एन्जीला रेग्मीको विशेष प्रस्तुति रहनुका साथै, स्थानिय कलाकारहरूले आ ,आफ्नो प्रस्तुती प्रस्तुत गर्ने छन् ।

citizen security services

यस्तै  सदिक्षा चौधरी र धिर विक्रम सिंह लगायतका कलाकारहरूले नाचगान र कमेडी प्रस्तुति गर्नेछन् । कार्यक्रमको प्रवेश शुल्क दुई सय ५० रुपैयाँ निर्धारण गरिएको छ । स्टेट सेभेन होटलले खाने र बस्ने व्यवस्था समेत  मिलाएको होटेल सञ्चालक रुुकुम देव भट्टले बताए । राति ढिलो भए पनि आवत जावतमा सहजता ल्याउनका लागि दुई वटा नगर बस र प्राईभेट गाडीको सुविधा पनि मिलाइएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सहभागी भएर भरपुर मनोरञ्जन लिन आयोजकले सबैलाई अनुरोध गरेको छ । कार्यक्रम साँझ ५ बजे शुरु भएर राती १२ बजे सकिने छ  ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.