खाेज्नुहाेस

धनगढीमा करेन्ट लागेर आमाको मृत्यु, छोरा घाइते

Image

धनगढी – कैलालीमा करेन्ट लागेर आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने अन्दाजी २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर मृत्यु भएको हो । कुँवरलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेको हो ।

navjiwan hospital

घाइते भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

attariya hospital

उक्त घटनामा विमलाका ३ वर्षीय छोरा प्रजल कुँवर घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।