अत्तरिया – कैलालीको जानकी गाउँपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट अवैध काठ बरामद गरिएको छ । शुक्रबार जानकी गाउपालिका – ७ चिलिम चौराह सडकखण्डमा टीकापुर नगरपालिका – १ वनगाउँका ३५ वर्षीय टेक बहादुर घर्तिमगर अवैध काठ सहित पक्राउ परेका छन ।

उनले चलाएको से.१ त.२८६३ नम्बरको ट्याक्टरमा अबैध रुपमा सिमल जातको काठ गोलिया थान १० (७९.८६ क्युफिट) बराबर काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


यसैबिच कृष्णपुर नगरपालिका – ४ क्याम्पस टोलबाट अवैध काठ सहित सोही ठाउ बस्ने ५७ वर्षीय कर्ण बहादुर बोहरा पक्राउ परेका छन ।
उनी गाडामा (डल्लब) लोड गरी ल्याउदै गरेको सिसम जातको ४ (चार) गोलिया १२ क्युफिट र साल जातको दुइ बल्ली ५ क्युफिट काठ सहित पक्राउ परेको कञ्चनपुर प्रहरीले जनाएको छ । उक्त काठ आवश्यक कारवाहिका लागि वन कार्यालयमा पठाइएको छ ।