धनगढी – कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-११ को सिसैयामा कान्द्रा नदीमा डुबेर सोही ठाउँका १३ वर्षीय उपेन्द्र कडायतको मृत्यु भएको हाे ।

नुहाउने क्रममा डुबेर बेपत्ता भएका कडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।


उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।