साना किसान श्रीपुरले मनायो २८औ स्थापना दिवस

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ८ स्याउलेमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुरले आफ्नो स्थापना दिवस मनाएको छ । शुक्रबार एक औपचारीक कार्यक्रमको आयोजना गरी संस्थाले २८औ स्थापना दिवस मनाएको हो ।

Karma Consultancy

संस्थाका अध्यक्ष केशवराज विनाडीको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सभासद तथा प्रदेश सभा विशेष अधिकार समितिकी सभापति तुलसी देवकोटा रहेकी थिईन । कार्यक्रममा बोल्दै उनले सहकारीमा ईमान्दारीता हुन सबैभन्दा आवश्यक रहेको बताईन ।

citizen security services

सहकारीका समितिका पदाधिकारी, कर्मचारी तथा शेयरसदस्यहरुले सहकारीलाई जिवित राख्नका लागि इमान्दारीता देखाउन जरुरी रहेको उनको भनाई छ । ‘सहकारीको पुँजी भनेको शेयर सदस्य हो, शेयर सदस्यहरुले समयमा ऋण नतिरे, समयमा बचत नगरे संस्थाले हासिल गर्नुपर्ने उपलब्धी हासिल गर्न सक्दैन’ उनले भनिन् ‘संस्थाको लक्ष्य र उद्देश्यमा पुग्नका लागि सबैले आ–आफ्नो तहबाट इमान्दार बन्न आवश्यक हुन्छ ।’

attariya hospital

उनले सहकारीका सिद्धान्तहरु पालना गर्न सके सहकारी डुब्ने तथा बिचलित हुने समस्या नरहने समेत बताईन । देवकोटाले शेयरसदस्यहरुलाई उद्यमशिलता तथा उत्पादनसँग जोड्न आवश्यक रहेको पनि बताईन । उनले शेयर सदस्यहरुको आर्थिक स्तरोन्नती गर्नु नै सहकारीको मुख्य कार्य भएकाले सदस्यहरुलाई आत्मनिर्भर बन्न र आर्थिक रुपमा सबल बनाउन सघाउ पुग्ने खालका कार्यक्रमहरु अघि बढाउनुपर्ने बताईन ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष केशवराज विनाडीले सञ्चालक समितिले सहकारीलाई सुदृढ किसिमले लैजाने प्रयास गरिरहेको बताए । उनले सहकारी प्रति फैलिएको नकारात्मक अवधारणा साना किसानहरुमा नरहेको बताए । उनले केही सहकारीहरुले गरेको दोष साना किसानहरुले लिन नसक्ने बताउदै साना किसानलाई विश्वास गरेर कारोबार गर्न पनि आग्रह गरे । उनले सहकारीलाई माथी उकास्न शेयर सदस्यको सबैभन्दा महत्वपुर्ण भुमिका रहने बताए । त्यसका साथै उनले सहकारीले एसएमएस प्रणाली, इ–बैंकिङ प्रणाली पनि लागु गर्ने तयारी गरिरहेको बताए । सहकारीलाई प्रविधिसँग जोड्ने काम भैरहेको उनको भनाई छ ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । साना किसान सहकारी २८ वर्ष पुरा गरी २९औ वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रममा केक पनि काटिएको थियो । २०५४ सालमा स्थापना भएको सहकारीले लामो समयसम्म आफुलाई जिवित राख्न सफल भएको छ । कार्यक्रममा विभिन्न सम्मान तथा पुरस्कार वितरणका कार्यहरु पनि गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.