खाेज्नुहाेस

दुर्गालक्ष्मी नमुना माविको स्वर्ण महोत्सव सम्पन्न

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सम्पन्न भएको छ । २७ गते बुधबारबाट सुरु भएको विद्यालयको स्वर्ण महोत्सव शुक्रबार सम्पन्न भएको हो ।

navjiwan hospital

महोत्सवको समापन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा बोल्दै उनले शिक्षामा लगानी गर्न नगरपालिका सदैव अग्रसर रहेको बताए । उनले सामुदायिक विद्यालयहरुको गुणस्तर बढाउन नगरपालिका निरन्तर लागिरहेको बताए ।

add everest academy
attariya hospital

‘शिक्षालाई विकासको मूल आधार बताउँदै सामुदायिक विद्यालयहरूको गुणस्तर उन्नत बनाउन नगरपालिकाले निरन्तर पहल गर्दै आएको छ’ उनले भने ‘यसलाई प्राथमिकतामा राख्दै आगामी दिनमा शिक्षा क्षेत्रमा थप लगानी गरी विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने लक्ष्य हामिले राखेका छौ ।’ नगरप्रमुख भट्टले विद्यालयको उत्कृष्टता र सामुदायिक शिक्षण संस्थाहरूको विकासमा नगरपालिकाको पूर्ण सहयोग रहने समेत बताए ।

विद्यालय स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा आयोजित स्वर्ण महोत्सवमा पहिलो दिन उद्घाटन कार्यक्र, स्मारक अनावरण तथा स्मारिका विमोचन गरिएको थियो भने स्वर्ण महोत्सवकै अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । दोस्रो दिन विज्ञान तथा प्रविधि प्रदर्शनी, पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम सँगै गायक चक्र बमको प्रस्तुति रहने रहेको थियो । त्यसका साथै स्वर्ण महोत्सवको दोस्रो दिन विद्यालय शिक्षा परम्परागत देखि प्रविधिसम्मको अवस्थाका बारेमा संवाद पनि आयोजना गरिएको थियो ।