खाेज्नुहाेस

गोदावरी नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत विनाडी र लेखापाल भट्टलाई स्वागत

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत (हाकिम) धर्मराज विनाडी र लेखापाल प्रकाश भट्टलाई स्वागत गरिएको छ । बिहिबार नगरपालिकामा नगरप्रमुख विरेन्द्र भट्टले दुवै जनालाई टीका र खादा लगाएर स्वागत गरेका हुन ।

navjiwan hospital

नगरप्रमुख भट्टले नयाँ हाकिमको आगमनले नगरको प्रशासनिक दक्षता बढ्ने विस्वास व्यक्त गरे । नयाँ हाकिमलाई नगरका कर्मचारी तथा जनप्रतिनिधिहरुले पनि स्वागत गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत विनाडीले आफूले पाएको जिम्मेवारी कुशलतापुर्वक ईमान्दारीताका साथ निर्वाह गर्ने बताए । उनले जनप्रतिनिधिहरुसँग तथ कर्मचारीहरुसँग सहकार्य र समन्वय गरेर आफू अघि बढ्ने बताए ।

add everest academy
attariya hospital

यसअघिका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टको कञ्चनपुरको बेदकोट नगरपालिका सरुवा भएपछि उनको स्थानमा विनाडी गोदावरीमा आएका हुन । यस्तै यसअघिका लेखापाल दिल बहादुर सिँहको सरुवा भएपछि लेखाालको रुपमा प्रकाश भट्ट नगरपालिकामा आएका हुन ।