खाेज्नुहाेस

कैलालीमा मिनिट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

Image

कैलाली– कैलालीमा रोकिराखेको मोटरसाईकललाई मिनिट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । बुधबार साँझ जिल्लाको घोडाघोडी नगरपालिका– २ मा सडक छेउमा रोकिईराखेको मोटरसाईकललाई मिनिट्रकले ठक्कर दिँदा मोटरसाईकल चालक जिल्लाकै गौरीगंगा नगरपालिका– ८ का ४५ वर्षिय अमर बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार से ५ प ६९४४ नम्बरको मोटरसाइकल सडक छेउमा रोकिराखेको अवस्थामा सोही दिशाबाट आइरहेको से १ ख १२६८ नम्बरको मिनिट्रकले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिए पनि राति ९ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

add everest academy
attariya hospital

ट्रक चालक चुरे गाउँपालिका–५ का ३५ वर्षीय दिल्लीराज पुनमगरसहित ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।