खाेज्नुहाेस

दुर्गालक्ष्मी नमुना माविको स्वर्ण महोत्सव सुरु, प्रदेश प्रमुखले गरे उद्घाटन

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सुरु भएको छ । स्वर्ण महोत्सवको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँको उद्घाटन गरेका छन् ।

navjiwan hospital

स्वर्ण महोत्सव अघि प्रभात फेरी निकालिएको थियो । स्वर्ण महोत्सवको अवसरमा स्मारक अनावरण तथा स्मारिका विमोचन गरिएको छ । स्वर्ण महोत्सवको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ ।

attariya hospital

तीन दिन मनाइने स्वर्ण महोत्सव अन्तरगत बिहीबार (चैत्र २८) गते सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यमा विज्ञान तथा प्रविधि प्रदर्शनी, पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम सँगै गायक चक्र बमको प्रस्तुति रहने छ जनाइएको छ । विद्यालय शिक्षा परम्परागत देखि प्रविधि सम्मको अवस्थाका बारेमा संवादको कार्यक्रम कार्यक्रम पनि गरिने जनाइएको छ ।

अन्तिम दिन (चैत्र २९ गते) गोदावरी नगरपालिका नगर प्रमुख वीरेन्द्र भट्टको प्रमुख आतिथ्यमा समापन गरिने जनाइएको छ । समापन अघि पूर्व विद्यार्थी मञ्चद्वारा हाफ म्याराथन दौड प्रतियोगिता आयोजना आयोजना हुने छ ।