खाेज्नुहाेस

धनगढीमा सामुदायिक विद्यालयको नतिजा सुधार

Image


धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकामा कक्षा ८ को नतिजा सुधार भएको छ। शैक्षिकसत्र २०८१ मा सामुदायिक विद्यालयतर्फ ४२.१०% विद्यार्थी उत्तीर्ण भएका छन्, जुन अघिल्लो वर्षको ३०.७९% भन्दा उल्लेखनीय वृद्धि हो।

navjiwan hospital

४४ सामुदायिक विद्यालयबाट २,९२९ विद्यार्थी सहभागी भएका थिए, जसमध्ये १,२३३ जना पास भए। संस्थागत विद्यालयतर्फ उत्तीर्ण दर ८४.२१% रहेको छ।

attariya hospital

समग्रमा १०७ विद्यालयको नतिजा हेर्दा यो वर्ष ६१.५५% विद्यार्थी उत्तीर्ण भएका छन्, जुन गत वर्षको ५१.४०% र २०७९ को ३२.७८% भन्दा राम्रो हो।