खाेज्नुहाेस

तीन लाख बढीको अबैध सामान नियन्त्रणमा

Image

बबिता पाल, अत्तरिया – कैलाली कञ्चनपुरबाट प्रहरीले ३ लाख बढीको अवैध सामान नियन्त्रणमा लिएको छ ।

navjiwan hospital

शुत्रबार धनगढी उपमहानगरपालिका – २ मिलनचोक धनगढी उपमहानगरपालिका – ९ त्रिवेणिघाट र भजनी धनगढी उपमहानगरपालिका – ८ ढुसीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको १ लाख १७ हजार ५३० रुपैँया बजारबरको अवैध सामान बरामद गरिएको छ । जसमा प्याज, चिनी, बदाम, सुर्ती, सुटपिस, कुर्ती, सिद्रा माछा लगायतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

यस्तै शुक्रबार नै भीमदत्त नगरपालिका – ९, दोधारा चाँदनी नगरपालिका – ७ कञ्चभोज र बेलौरी नगरपालिका – ६ बैशाखाबाट २ लाख ३१ हजार ४० रुपैयाँ बराबरको चिनी, युरिया मल, फ्रिज, कस्मेटिक लगायतका सामानहरु बरामद गरिएको प्रहरी जनाएको छ ।