खाेज्नुहाेस

स्थानिय सेवा ऐन जारी गर्न माग गर्दै घोडाघोडी नगरपालिकाका कर्मचारी विरोधमा

Image

सुखड – कैलालीको घोडाघोडी नगरपालिकाका कर्मचारीहरु हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन । स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको हकहितमा बनेको ऐन जारी गर्न माग गर्दै उनिहरु विरोधमा उत्रिएका हुन ।

navjiwan hospital

स्थानीय तहका कर्मचारीहरूको अभिभावक, मार्ग निर्देशक, जिउने आधारको रूपमा रहेको स्थानीय सेवा ऐन यथास्रिघ जारी गर्न माग उनीहरूले गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारलाई अर्थ पूर्ण आन्दोलनको चेतावनी दिँदै पहिलो चरणमा हातमा कालोपट्टि वाधेर दवावमुल कार्यक्रम सुरु गरेको उनीहरूको भनाई छ ।

add everest academy
attariya hospital

घोडाघोडीका मात्रै नभई सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहका कर्मचारीहरू नियमित काम रोकेर आन्दोलनमा उत्रिएका हुन । ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ तत्काल जारी हुनुपर्ने उनीहरूको प्रमुख माग रहेको छ । प्रदेश भित्रका ८८ वटै स्थानीय तहका लागि आवश्यक पर्ने स्थानीय सेवा ऐन नल्याएर प्रदेश सरकारले रमिता देखाइरहेको कर्मचारीहरूको गुनासो रहेको छ ।

पहिलो चरण अन्तर्गत पालिका स्तरमा चैत्र २२ गते देखी ३१ गते सम्म दबाबमूलक कार्यक्रम गर्ने र दोस्रो चरणमा वैशाख २ गते धनगढीमा वृहत् प्रदर्शन कार्यक्रम गर्ने कर्मचारीहरूले बताएका छन् । ऐन निर्माणका लागि प्रदेश सभामा सरकारले प्रस्तुत गरेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन तथा प्रदेश मामिला समितिमा रहेको छ । विधेयकमाथि समितिमा दफावार छलफल भई प्रतिवेदन पेस भइसकेको छ ।