
धनगढी – कैलालीमा विद्युत् सर्ट हुँदा एक महिला घाइते भएकी छन् । जोशीपुर गाउँपालिका–४ डहबेरिया स्थित रविना चौधरीको घरमा विद्युत् सर्ट हुँदा ३० वर्षीया रविना चौधरी घाइते भएकी हुन । विद्युत् सर्टबाट घरमा आगलागी हुँदा आगो निभाउने क्रममा सोहि आगलागीमा परेर उनी घाइते भएकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाइते रविनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । उक्त आगलागीबाट १ लाख ३२ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।



















