अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– २ मा २५ गतेदेखी राष्ट्रिय परिचय पत्र वितरण गरिने भएको छ । वडा कार्यालयले २५ गतेदेखी अर्काे वर्ष वैशाख ११ गतेसम्म राष्ट्रिय परिचय पत्र वितरण गर्न लागेको हो ।

विभिन्न ५ चरणमा वडा कार्यालयले परिचय पत्र वितरण गर्ने भएको छ । जसअन्तरगत चैत २५ गतेदेखी २७ गतेसम्म वडाको महरा कटान देखी दक्षिण भम्का टोलसम्म, चैत २८ गतेदेखी ३१ गतेसम्म शान्ती टोल र उत्तर बनखेत, वैशाख २ गतेदेखी ४ गतेसम्म भम्का टोलदेखी शक्ति कटेज सम्म, वैशाख ५ गतेदेखी ८ गतेसम्म शक्ति कटेज देखी गेरेपानी टोलसम्म र वैशाख ९ गतेदेखी ११ गतेसम्म गेरेपानी देखी पुर्वपश्चिम राजमार्गसम्म वितरण गरिने वडासचिव दिव्य कुमारी जोशीले जानकारी दिईन ।

उनका अनुसार वडाले २०७८ सालमा राष्ट्रिय परिचय पत्रका लागि फाराम भरेका व्यक्तिहरुको परिचय पत्र कार्ड वितरण गर्न लागेको हो । परिचय पत्रको कार्ड लैजानका लागि नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र भरेको फाराम ल्याएर स्वयम् व्यक्ति उपस्थित हुनुपर्ने वडासचिव जोशीले बताईन ।

















