अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ बन्दगडास्थित गैरा टोल र नदी जोड्ने बाटो ग्राभिल गरिएको छ । नेकपा एमाले क्षेत्र नं. ४ समन्वय कमिटीको विशेष पहलमा वडा कार्यालयले सो बाटो ग्राभिल गरेको हो ।

विगतदेखी नै सो बाटो ग्राभिलका लागि विभिन्न ठाउँमा माग गर्दा पनि सुनुवाई हुन नसकेको स्थानियहरुले बताएका छन । एमाले क्षेत्र नं. ४ समन्वय कमिटीका संयोजक गणेश जिमि साउँदले स्थानियहरुले आफुलाई सो बाटो ग्राभिलका लागि अनुरोध गर्दा आफूले पहल गरिदिएको बताएका छन । उनले आफूले वडा कार्यालयसँग सहकार्य गरेको र वडा कार्यालयले सो बाटो ग्राभिल गरिदिएको बताए ।


सो बाटो ग्राभिलसम्म नहुँदा विगतदेखी साना ठुला गाडीहरु आवतजावत गर्न अफ्ठ्यारो हुनुका साथै केही सामानहरु बोकेर लैजानुपर्ने बाध्यता रही आएको बताईएको छ ।