खाेज्नुहाेस

अत्तरियामा ६८औ राष्ट्रिय सहकारी दिवस मनाईयो

Image

अत्तरिया– कैलालीको अत्तरियामा राष्ट्रिय सहकारी दिवस मनाईएको छ । बुधबार गोदावरी नगरपालिकाले ६८औ राष्ट्रिय दिवस मनाएको हो ।

नगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको थियो । अत्तरियास्थित पतंजली योग समितिको सभाहलमा आयोजित औपचारीक कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका– १ का वडाध्यक्ष तथा नगरप्रवत्ता गोपाल दत्त भट्ट रहेका थिए ।

attariya hospital
navjiwan hospital

नगरपालिकाको सहकारी शाखा प्रमुख दिव्य राज जोशीको सभापतित्वमा आयोजित कार्यक्रममा उद्यम विकास सहजकर्ता दिपेन्द्र ओली र नरेश साउँद, सहकारी प्रशिक्षक डिल्ली प्रसाद पनेरु, नगरपालिकाकी फिल्ड सहायक बिष्ना सिँह लगायत अतिथिहरु रहेका थिए ।

जीवनज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाकी व्यवस्थापक क्षेत्रा साउँदले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाकी व्यवस्थापक गौरी चौधरीले गरेकी थिईन । कार्यक्रममा सहकारीका समस्याहरु, सहकारीका बारेमा फैलिने गरेका नकारात्मक होहल्लाहरुको न्यूनिकरण लगायतका विषयमा वक्ताहरुले आफ्ना धारणा राखेका थिए ।

औपचारीक कार्यक्रम अघि दिवसका अवसरमा नगरभित्र रहेका सहकारीहरुको सहभागितामा ¥यालिको आयोजना गरिएको थियो । प्रतिभा सामुदायिक पुस्तकालय अगाडीबाट सुरु भएको ¥यालिले अत्तरिया बजारको परिक्रमा गरेको थियो । ¥यालीमा सहभागिहरुले विभिन्न पम्पलेटहरु बोकेर सहकारीका विषयमा नारा लगाएका थिए ।

maya metro hospital