खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश सभाको अवरोध हटाउने विषयमा सत्तागठबन्धन बिच छलफल

Image

धनगढी– सुदूरपश्चिम प्रदेशका सत्ता गठबन्धन दलहरुबिच छलफल भएको छ । मंगलबार प्रदेश सभामा जारी अवरोध हटाउने विषयमा गठबन्धन दलहरुबिच छलफल भएको हो ।

navjiwan hospital

सदन खुलाउने र प्रदेश सभालाई निरन्तर सञ्चालन गर्ने विषयमा सत्तागठबन्धन दलबिच छलफल भएको बताईएको छ। बैठकमा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने, सरकारले पर्याप्त मात्रामा विजनेस दिनुपर्ने लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले बताए ।

attariya hospital

फजुल खर्च कटौती, राजनीतिक नियुक्ति, सुशासन लगायतको विषय अगाडि सारेर प्रतिपक्षी दलले प्रदेश सभामा अवरोध गर्दै आएका छन् । प्रतिपक्षीले उठाएको विषयमा सहमतिका लागि पटक पटक बैठक बसे पनि सहमति भइसकेको छैन । सोमबार बोलाइएको सर्वदलीय बैठक पनि बिना कुनै निष्कर्ष टुंगिएको थियो ।

यसैबिच, सभामुख भीमबहादुर भण्डारीले मंगलबार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक भने बस्न सकेन । प्रतिपक्षी दलको उपस्थिति भएपनि सत्तापक्षको उपस्थिति नहुँदा बैठक नबसेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।