खाेज्नुहाेस

स्थानीय सहकारी प्रती डगमगाएको छैन जनविश्वास !

Image

अत्तरिया – पछिल्लो समय राष्ट्रिय स्तरका केही सहकारीमा समस्या देखिएर सहकारी क्षेत्रमा प्रभाव परेपनि स्थानीय स्थरमा सञ्चालित सहकारी भने जनविश्वास यथावत् राख्न सफल देखिएका छ्न । केही सहकारीको बदमासीले सहकारी क्षेत्रमा चुनौती थपिएको भएपनि त्यसको प्रभाव स्थानीय स्थरका सहकारीमा न्यून रहेको यस क्षेत्रका सहकारी बताएका छन ।

कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको देशकै तेस्रो ठुलो नवजीवन सहकारीका अध्यक्ष देव बहादुर बमले पछिल्लो समय सहकारीले झन राम्रो कारोबार गरेको बताए । ‘अहिले नवजीवन सहकारीले ७ अरवको कारोबार गरिरहेकाले छ । जुन पछिल्लो समय बढ्दै गएको छ । सरक्षित पुजी फिर्ता कोषबाट तीन वर्ष अगाडि सेयर सदस्यहरूलाई २ करोड ९ लाख फिर्ता गरेका थियौ ।

attariya hospital

गत वर्ष गएको वर्ष २ करोड १९ लाख र यस वर्ष २ करोड ६४ लाख सेयर सदस्यलाई रकम वितरण गरेका छौ’ उनले भने ‘अहिले नवजीवन सहकारी देशभरमा तेस्रो नम्बरमा आएको छ । यसलाई एक नम्बरमा पुगाउनको लागि सहकारीलाई उत्पादन सँग जोड्दै छौ । त्यसका लागि किसान सँग धान गहुँ खरिद गरेर सेयर सदस्यलाई सुपत मुल्यमा बिक्रि गर्दैछौ ।’

navjiwan hospital

सृजनशिल महिला विकास बहुउद्देश्यीय सहकारीकी प्रवन्धक गौरी चौधरीले देशभर सहकारी प्रती फैलिएको अफवाहको केही असर परेपनि आफुहरु स्थानीय स्तरमा उपभोक्ताको जनविश्वास जित्न सफल भएको बताइन । ‘काठमाडौका सहकारीले गर्दा सुदूरपश्चिममा पनि केही प्रभाव परेको छ । स्थानीय स्तरका साना सहकारीमा त्यति प्रभाव भने परेको छैन’ उनले भनिन ‘सरकारले सानो सहकारी र ठूलो सहकारीलाई एउटैमा नराखे हेर्ने नीति फेरबदल गर्न आवश्यक छ ।’

साना किसान कृषि सहकारी श्रीपुरका अध्यक्ष केशवराज विनाडीले सहकारीको अफवाकको प्रवाह आफुहरुको सहकारीमा नपरेको बताए ।

maya metro hospital

‘सहकारीमा परेको विकृति विसंगतीको प्रभाव हाम्रो सहकारीमा भने पटकै छैन । यो सहकारी जहाँ स्थापित छ त्यसै ठाउँमा काम गरिरहेको छ । यहाँ यसै ठाउँका सेयर सदस्य छन, यसै ठाउँका कर्मचारी र यसै ठाउँका सञ्चालक छन’ उनले भने ‘अहिले सहकारीबाट पैसा खाएर भागेका कुरा आएका छन । यस्को असर साना किसान सहकारीमा नगन्य छ ।’

उनले पछिल्लो समय सहकारीको ऋण तिर्न हुँदैन भन्ने मानसिकता भने बढेको बताए । उनले ऋण लिएर तिर्न नहुने कुरा गलत रहेको बताए ।

Karma Consultancy

पछिल्लो समय स्थानीय स्थरका सहकारीमा खासै समस्या नदेखिए पनि सहकारी प्रणाली अझ सुदृढ बनाउन सरकारी नियमन तथा सदस्यहरूको सचेत गर्न भने आवस्यक छ ।